हाम्रो नर्सीङको छैठौ वार्षिक उत्सव सम्पन्न

हाम्रो नर्सीङको छैठौ  वार्षिक उत्सव सम्पन्न

विराटनगर ।

विराटनगर–५ मा रहेको हाम्रो स्कूल अफ नर्सीङ कलेजले आफ्नो स्थापनाको छैठौ बार्षिक उत्सव मनाएको छ ।

विराटनगरमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव, चौथौ ब्याचका विद्यार्थीलाई विदाई तथा आठौं ब्याचका विद्याथीहरुलाई समेत स्वागत गरेर मनाएको हो ।

वर्षिक उत्सवमा कलेजमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्य, नाटक कवितालगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कलेजमा अध्यनरत विएससी नर्सीङका आठौं ब्याचको ३० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयकी रजिस्ट्रार प्रमिला थापा हिसान मोरङका अध्यक्ष बलराम पन्त, संथापकहरु ज्ञानबहादुर खडका, भिम पराजुलि, सञ्चालक डा. शंकरप्रसाद अधिकारी,डा. राशन पोखरेल परीक्षा नियण्त्रक मोहनबहादुर श्रेष्ठलगायतले बोलेका थिए । कलेजका अध्यक्ष डा.हिरालाल सहनीकोे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्