छैनन् २००३ देखि नयाँ किताब डिग्री कलेजको पुस्तकालयमा

<span class='c1'>छैनन् २००३ देखि नयाँ</span> <span class='c2'>किताब डिग्री कलेजको पुस्तकालयमा</span>

बिराटनगर माघ २६ ,

कुनै समय बिद्यार्थीले भरिभराउ हुने  बिराटनगरस्थित स्नाकोतर कलेजमा अहिले भने खासै भरिभराउ छैन । कलेजमा पढाई हुने बिषय धेरै भएपनि बिद्यार्थी भने निक्कै कम रहेका छन् । अझ हामी उक्त कलेजको पुस्तकालयमा छिर्ने हो भने त्यहाँ पुस्तक त भेटिन्छन तर निक्कै पुराना एडिसनका । पुस्तकालयमा रहेका किताबहरु पनि माकुराको जालोले घेरीएको छन । पुस्तकालयमा बस्ने कलेजका कर्मचारीका अनुसार सन् २००३ पछी खासै नया किताब आएको छैनन् कलेजमा । "कलेजमा रेगुलर बिद्यार्थी पनि आउदैनन , कलेज आउनेहरुले पनि नयाँ किताब नपाएपछि पुरानै लिएर जाने गरेका छन् " उक्त कर्मचारीले बताए । धुलोले घेरीएको उक्त पुस्तकालयमा १५-१६ बर्ष अगाडीका एडिसनका मात्रै किताब उपलब्द रहेको हामीले पायौ । किन पुराना मात्रै किताब भन्ने हाम्रो प्रश्नमा ति कर्मचारीले भने " खोइ कलेजले ल्याउदैन अनि बिद्यार्थीहरु पनि किताब चाहियो भनेर आवाज उठाउदैनन "। धेरै  बिद्यार्थी पुस्तक खोज्दै आउने गरेको तर नया पुस्तक नपाएपछि निराश फर्किने गरेको पुस्तकालयमा भेटिएका एक बिद्यार्थी दुखेसो पोखे । क्याम्पसका एक बिद्यार्थी नेताका अनुसार भर्खरै पहल गरेर केहि सिमित विषयका किताब पुस्तकालयमा ल्याइएको थियो तर हातिको मुखमा जिरा भनेजस्तै सबै बिद्यार्थीले उक्त २-४ वटा आएको नया किताब पढ्न पाउन दैनिक पुस्तकालयमा धाउनुपर्ने अवस्था रहेको छ । परिक्षा नजिकै आउदा समेत किताब नपाउदा साह्रै दुख पाएको स्नाकोतर कि एक बिद्यार्थीले बताइन  ।

अहिले कलेजमा स्ववियु चुनाबका कारण केहि भिड देखिन थालेको छ । बिद्यार्थीका हक अधिकारका लागि हुने उक्त चुनाबमा उठ्ने उमेदवारले यस बिषयमा के गर्ने हुन् हेर्न बाकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्