बिराटनगर माघ २७,
विराटनगर उपमहानगरपालिका भित्रको फोहरमैला व्यवस्थापन गर्ने जिम्मेवारी लिएका समूह बिच विवाद भइ एक कम्पनीले आफ्नो सेयर झिकेको छ । फोहर व्यवस्थापन गर्ने जिम्मा पाएका वेस्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रालि मा रहेका चार कम्पनी मध्ये एउटाले आफ्नो १० प्रतिशत रहेको सेयर निकालेको छ । कम्पनी मघ्ये बालाजी वायोमासले आफ्नो सेयर आन्तरिक विवादका कारण झिकेको जनाएको आजको उद्घोष दैनिकमा खबर छ ।