विराटनगर-२१ बाट लागूऔषधसहित युवक पक्राउ

<span class='c1'>विराटनगर-२१ बाट लागूऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, माघ २७ गते।

मोरङको विराटनगर २१ बाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर २१ बस्ने अमन महतो रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। महतोलाई बुधबार साँझ साढे आठ बजेतिर रानीको गस्ती टोलीले बिराटनगर २१ स्थित बिराटनगर भन्सार कार्यालयको ढाट नजिकबाट २० बोतल कोरेक्स र ३६० पिस स्पास्मोप्रोक्सिवन क्याप्सुलसहित पक्राउ गरेको हो। पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालयमा राखीएको छ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीले बुधबार एक लाख बिस हजार मूल्य बराबरको भन्सार छली ल्याएको रजनीगन्धा पानमसलासहित को १ ज ९०० नम्बरको मारूती भ्यान र को १९ प ३४०९ नम्बरको मोटरसाइकल तथा सात जना मानिसलाइ नकारवाहीकालागी बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्