दिपाश्री निरौला पुर्वेली सुपर मोडलसंग

<span class='c1'>दिपाश्री निरौला पुर्वेली</span> <span class='c2'>सुपर मोडलसंग</span>

प्रेम देवान
विराटनगर २७ माघ । नेपाली सिने जगतकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका अनुभव सेयर गरेकी छिन् ।
छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देखी भोगेका दःुख सुखका अनुभवहरु सेयर गरेकी हुन् । साथै उनले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग, मोडलिङमा आई पर्ने चुनौतीका बारेमा पनि प्रशिक्षण दिएकी थिईन् ।
विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी बन्द प्रशिक्षण तालिममा दिपाले प्रतिस्प्रधीहरु संग अभिनयकाबारेमा पनि प्रशिक्षण दिएकी थिईन । बन्द प्रशिक्षणमा पुर्वका १४ जना किशोरी रहेको ए–वान इन्टरटेनटमेन्टका चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । प्रतियोगिताको फाईनल भने आगामी फागुनको दोस्रो साता हुने आयोजकले जनाएको छ ।
बन्द प्रशिक्षणका क्रममा किशोरी कार्की, एश्वर्या खड्काले गीत र अभिनय गरेर दिपा सामु कला प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्