बिराटनगर माघ २८ , बिराटनगरस्थित महेन्द्र मोरङ कलेजको पुस्तकालय भत्किएर जीर्ण भएको तर त्यसको मर्मतमा कलेज प्रशासनले चासो नदिएको भन्दै बिद्यार्थीहरुले विरोध गरेका छन् । विहिवार बिद्यार्थीहरुलेसांकेतिक रुपमा बिरोध स्वरुप पुस्तकालयमा हेल्मेट लगाएर पढेका थिए । कलेजका स्वतन्त्र विद्यार्थीहरुले कलेज प्रशासन तथा कुनैपनि बिद्यार्थी संगठनले यसबिषयमा ध्यान नदिएको हुनाले यस्तो बिरोधको कार्यक्रम आयोजना गरिएको बिद्यार्थी आयुष कर्णले बताए ।