विराटनगरमा युवाका लागि भाषण कला तालिम

<span class='c1'>विराटनगरमा युवाका लागि</span> <span class='c2'>भाषण कला तालिम</span>

बिराटनगर माघ २९ ,
भाषण कला तथा नेतृत्व विकास सम्बन्धी विभिन्न तालिमहरुको आयोजना गर्दै आएको काठमाडौंको संस्था रुपान्तर र विराटनगरस्थित इमेज ग्यालरीको आयोजनामा विराटगरमा आज भाषण कला तालिम (पब्लिक स्पीकिङ् ट्रेनिङ्) सम्पन्न भएको छ। विराटनगरको स्कूल अफ इन्जिनियरिङ् एण्ड टेक्निकल साइन्समा आयोजित तालिममा विराटनगरका विभिन्न कलेजका युवा विद्यार्थी तथा स्थानीय युवा समूहका सदस्यहरु गरी ३२ जना सहभागि थिए।

चर्चित टेलिभिजन प्रस्तोता तथा प्रशिक्षक रुपेश श्रेष्ठले भाषण कलाका विभिन्न आयामहरुबारे युवाहरुलाई तालिम दिएका थिए। देशका विभिन्न स्थानमा भाषण कला र नेतृत्व कलाबारे तालिम दिंदै आएका श्रेष्ठले युवाहरुलाई भाषण कलाको महत्व, विधि र प्रभावबारे जानकारी दिंदै तालिम दिएका थिए।

स्थानीय विराटनगर स्पीकर्स क्लबको सहयोगमा सम्पन्न तालिम युवाहरुका लागि निकै प्रभावकारी रहेको आयोजक इमेज ग्यालरीका सुमन खड्काले जानकारी दिनुभयो। विराटनगर स्पीकर्स क्लबका अभिशेक भट्टराईले आज भएको एक दिने तालिमपछि यस्ता तालिमको थप आवश्यकता महसुस भएको र आगामी दिनमा यस्तै कार्यक्रमहरु आयोजना गर्दै जाने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्