इटहरीमा दुर्घटनामा एकको मृत्यु

इटहरीमा दुर्घटनामा एकको मृत्यु

विराटनगर, फागुन १

सुनसरीको इटहरी-२४ मा धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ६०१२ नम्बरको बसले बिपरीत दिशातर्फ जादै गरेको को २५ प ६६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान नँयाबस्ती-११ बस्ने वर्ष ३५ को गौराज सुनुवारको मृत्यु भएको छ।

साँझ ६ बजेतिर दुर्घटनाबाट गम्भिर घाइते भएका सुनुवारको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको बेलुका ७ बजे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै मोटरसाइकल पछाडी सवार उनको ससुरा खोटांङ खार्मी १ बस्ने वर्ष ४५ को शहरमान विश्वकर्मा गम्भिर घाइते भएका छन्।

उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालक फरार रहेकाले खोजीकार्ञ भइरहेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्