फोनिजमा सुब्बा र श्रेष्ठ

<span class='c1'>फोनिजमा सुब्बा</span> <span class='c2'>र श्रेष्ठ</span>

प्रेम देवान
विराटनगर, २ फागुन ÷ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा दिनेश सुब्बा चयन हुनुभएको छ ।
मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको आदिवासी जनजाति पत्रकार महासंघ मोरङको चौथो जिल्ला अधिवेशनले सुब्बालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राम लावती, सचिब अनिल श्रेष्ठ, सह–सचिब मुना तामाङ्ग र कोषाध्यक्षमा नारायण राई चयन हुनुभएको छ । समितिको अन्य सदस्यहरुमा बावुराम मुडियारी, सिर्जना लिम्बु, सन्दिप राई, खनेन्द्र राई (अर्जुन), पर्वत राई (घनश्या), रेखा गुरुङ्ग, बिजय खम्बु रहनुभएको छ ।
अधिवेशनले चार जनालाई केन्द्रीय प्रतिनिध र तीन जनालाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । यसरी केन्द्रीय प्रतिनिधहरुमा अर्जुन जम्नेली राई, भक्तशेर लिम्बु, शौखिन बान्तावा र फिपराज बेघा रहनुभएको छ भने एक नम्बर प्रदेश तर्फको प्रतिनिधहरुमा सन्तोष राई, प्रेम देवान र विजय धिमाल रहनुभएको छ ।
कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) को केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक साईमान राइले आदिवासी जनजातिको अधिकार स्थापित गर्न जनजाति पत्रकारहरु एक भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ मोरङको अध्यक्ष मिलन कुमार राईले देशभरीका आदिवासी सामुदाय संगठित भए मात्र आफनो अधिकार स्थापित गर्न सक्ने बताउनुभयो । अधिकार स्थापित गर्न आदिवासी सामुदाय संगठित हुन जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, भक्तशेर लिम्बु, शौखिन वान्तवा, समाजसेवी लोक सागअजगर साम्वाले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्