धरानमा ‘तारेभीर’ को विशेष शो

धरानमा ‘तारेभीर’ को विशेष शो

प्रेम देवान
विराटनगर, २ फागुन ÷ प्रेम सुब्बाले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘तारेभीर’ विशेष शो धरानमा देखाइएको छ ।
धरानमा रहेको गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरु बिचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो ।
आउँदो जेठ २९ गतेदेखी देशभरीको हलबाट रिलीज हुने चलचित्र एक्शनलाई प्राथमिकता दिईएको छ । समाजमा घटिएको विसंगति र अपराधलाई न्यूनिकण गर्न एक प्रहरी इङलिसप्याक्टले देखाएको भूमिका चलचित्रमा देखाइएको छ ।
चलचित्रको निर्मता देउ कृष्ण देवान रहनुभएको छ । निर्मता देवानको अनुसार झापाको दमकमा पनि चाँडै यस चलचित्रको विशेष शो हुने जानकारी दिनुभयो । यस चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित राना लगायत कलाकारहरुले लीड रोलमा अभिनय गरेका छन् । फिल्मलाई नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको प्रस्तुतिमा देउ कृष्ण दिवानले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्