बिराटनगरकि सृष्टिको अष्ट्रेलियामा मृत्यु

<span class='c1'>बिराटनगरकि सृष्टिको</span> <span class='c2'>अष्ट्रेलियामा मृत्यु</span>

काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्। उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु पानीमा डुबेर भएको देखिएको छ। सृष्टिको नेपाल ठेगाना काठमाडौं रहेको बताइएको छ।

सृष्टिसँगै समुन्द्रमा अर्का एक नेपाली युवक बेपत्ता छन्। झापाका सुदीप उप्रेती समुन्द्रमा हराइरहेका हुन्। प्रहरी तथा उद्धारकर्ताले हेलिकोप्टर प्रयोग गरी उनको खोजी गरिरहेका छन्। ‘युवतीसँगै डुबेकी युवकलाई हामी खोजी गरिरहेका छौं’, उद्धारमा खटिएका प्रहरी अधिकृत इन्थोनीले भने, ‘हाम्रो प्रयास जारी छ। प्रहरीले उनीहरु दुवैजना एकै पटक समुन्द्रमा डुबेको अनुमान गरेको छ।

सृष्टिको घर हाल काठमान्डौ भएपनि उनले बिराटनगरको सगरमाथा स्कुलबाट २०६५ सालमा एस.एल.सी दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्