विराटनगरको रघुपति जुटमिलको फिनिसिङ विभागमा आगलागी

विराटनगरको रघुपति जुटमिलको फिनिसिङ विभागमा आगलागी

विराटनगर, फाल्गुन ४

मोरङको विराटनगर २२ स्थित रघुपित जुटमिलमा बुधबार आगलागी भएको छ।

मिलको पूर्वपट्टी रहेको फिनिसिङ बिभागको बिधुर्त सर्ट हुँदा बुधबार बिहान आगलागी भएको हो। आगलागीबाट फिनिसिङ बिभागमा रहेको चार थान मेशीन तथा एक सय पचास पिस जुटको तयारी रोल जलेर नष्ट भएको छ। आगलागी इलाका प्रहरी कार्यालय रानीबाट गएका प्रहरी र मिलका कामदारहरुको प्रयास पछि नियन्त्रणमा आएको छ।

यता सप्तरीको तरही गाविस ९ बस्ने जितेन्द्र हजामको गोठमा बुधबार बिहान आगलागी भएको छ। आगलागीबाट हजामको गोठ जल्दा अन्दाजी दश हजार बराबरको क्षति भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्