आजबाट धरानमा सुरु हुदै बुढाशुब्बा गोल्डकप

आजबाट धरानमा सुरु हुदै बुढाशुब्बा गोल्डकप

सुनसरीको धरानमा आजबाट अन्र्तारिष्ट्रय रेडबुल बुढासुब्बा गोल्डकपको १९ औ संस्करण सुरु हुदैछ ।
दुई विदेशी सहित १० टिमको सहभागितमा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आज दिउसो २ बजे बाट प्रतियोग्रीता हुन लागेको हो ।
प्रतियोगिताका लागी प्याराफिट,स्टेज निमार्ण तथा खेलमैदानको मर्मत सम्भार लगाएतमा सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले जनकारी दिनु भएको छ ।
प्रतियोगितामा भाइसेन भुटियाको क्लव युनाइटेड सिक्कीम एफसी भारत , दुर्गापुर स्टील कलकत्ता भारत सगै विभागिय टिम शसस्त्रको एपीएफ र नेपाल पुलिस क्लव, काठमाडौको संकटा क्लव,झापा –११ का खेलाडी संमिलित काकारभिट्टा टे«निङ सेन्टर झापा, रुपन्देही ११, पोखराका साथै आयोजकको २ टिमको सहभागीता रहने छ ।
प्रतियोगिताका लागी ५ हजार क्षमताको प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ ।
विजेताले नगद ५ लाख रुपैयासहित ट्रफी पाउने छन् । त्यस्तै उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका महासचिव प्रताप तामाङले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्