उदयपुर गोल्डकप: रुपन्देही ११ र मोरङ ११ फाइनल आज

उदयपुर गोल्डकप: रुपन्देही ११ र मोरङ ११ फाइनल आज

काठमाण्डौ, फागुन ५

उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज रुपन्देही ११ ले मोरङ ११ को सामना गर्दै छ । उपाधि आफ्नो कब्जामा पार्र्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह हुने छ ।

प्रतियोगिताको सेमिफाइनलमा मोरङ ११ ले सीएमजी संकटा क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो भने रुपन्देही ११ ले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै मोरङ सँगको भेट पक्का गरेको हो । प्रतियोगितामा ए डिभिजनका तीन सहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्