मोरङको राजघाटमा चितुवाको आक्रमणबाट चार घाइते

मोरङको राजघाटमा चितुवाको आक्रमणबाट चार घाइते

मोरङको राजघाट १ अछियाबारीमा चितुवाको आक्रमणबाट चार घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय टंकबहादुर धिमाल, खुशीलाल धिमाल तथा वन रक्षक विरबहादुर कट्वाल र कर्मचारी हेमसागर न्यौपाने छन्। बुधबार बिहान टंकबहादुर र खुशीलाल धिमाललाई घरनजिकै खेतमा काम गर्न जानेक्रममा जंगलबाट निस्केको चितुवाले चिथोरेका थिए।

उनीहरुलाई उर्लाबारीस्थित अरनिको अस्पताल पुर्‍याई उपचार गराइएको भन्ने जानकारी पाउनासाथ चितुवा खेदाउन गएका प्रहरी र वनका कर्मचारीलाई समेत सो चितुवाले आक्रमण गर्दा अन्य दुई जना घाइते भएका हुन्।

घाइते दुई जनाको मंगलबारे स्वास्थ्य चौकीमा उपचार गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्