झापामा खुकुरी प्रहारबाट युवक घाइते

झापामा खुकुरी प्रहारबाट युवक घाइते

झापा, फाल्गुन ५

झापाको धरमपुर-२ भर्निचनमा खूकुरी प्रहारबाट एक युवक घाइते भएका छन।

घाइते हुनेमा झापा तोपगाछी-८ बस्ने १८ वर्षिय सनु खतिवडा रहेको प्रहरी चौकी धरमपुरले जनाएको छ।

खतिवडालाई बुधबार साँझ पुरानो रिसिईवीको निहुँमा धरमपुर-२ बस्ने २१ वर्षिय लक्मण लिम्बुले खुकुरीले हानेका हुन्। घाइते खतिवडाको खुकुरीले बाँया खुट्टाको नसा काटिएको हुँदा विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्‍याई उपचार गराइएको छ।

खुकुरी प्रहार गर्ने लिम्बु फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको प्रहरी चौकी धरमपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्