म प्रहरी हु भन्दै डर देखाएर युवतीको सामुहिक बलात्कार…

म प्रहरी हु भन्दै डर देखाएर युवतीको सामुहिक बलात्कार…

बेलवारी : बेलबारीकी एक १४ वर्षीया बालिका अपहरणपछि सामुहिक बलात्कारमा परेकी छिन् । बेलबारीमा चलिरहेको पर्यटन तथा धार्मिक महोत्सवबाट गत शुक्रबार राती अपहरण पछि बलात्कृत भएकी हुन् । उनी महोत्सवबाट फर्कदै गर्दा दुई युवाबाट बलात्कारमा परेकी हुन। मोटरसाइकलमा आएका दुई युवाले राति १० बजेतिर जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेर अन्यत्र लगी सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । दुईवटा मोटरसाइकलमा आएका दुई मध्ये एक जनाले युवतीसँगै रहेका युवालाई आफूहरु प्रहरी भएको बताउँदै हातपात गरी अर्कोले युवतीलाई मोटरसाइकलमा लिएर गएकाे खुलेकाे छ । आफूहरु प्रहरी भएको भन्दै लिएर लगेका ती युवाले राजमार्गभन्दा दक्षिणतर्फ कोशी हरैचा – ५ बेलेपुरमा अवस्थित एक काठ मिलमा लगेर बलात्कार गरेका थिए । राती बलात्कारीहरुले बालिकालाई त्यहीँ छाडेर हिँडेपछि राति फोन सम्पर्कबाट आफन्तले युवतीको उद्दार गरेका थिए । १४ वर्षीया बालिकालाई अपहरणपछि सामूहिक बलात्कार गर्ने उमेरले चालिस नाघेका दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । बत्लाकार गर्ने बेलबारी–३ का ४५ वर्षीय शम्भु थापा र ‘अनिल’ भनिन्ने ४० वर्षीय प्रेम गुरुङले अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । को ९ प ८४४ नम्बरको मोटरसाइकलकै आधारमा ती युवाहरूको पहिचान भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक रामजी कटवालले पनि आइतबार नै अदालतबाट म्याद थप गरी दुवैजना विरुद्द बलात्कारको मुद्दा दायर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्