ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु

<span class='c1'>ट्रकले स्कुटीलाई ठक्कर दिँदा</span> <span class='c2'>दुई जना महिलाको मृत्यु</span>

फाल्गुन ६, २०७३- काठमाडौंको बालाजु माच्छापोखरी नजिक आज (शुक्रबार) मध्यान्ह ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ ।

बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट स्कुटीमा सवार मकवानपुर मनहरि-५ घर भएकी ३८ वर्षीया रिनाकुमारी राई र धादिङ खाल्टे-६ घर भएकी ३५ वर्षीया सोनिया थापामगरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते राई र थापामगरलाई उपचारका लागि टिचिङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव निरीक्षक (सई) गोकर्ण नेपालले जानकारी दिए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्