पत्रकार महासंघ मोरङ चुनाव : मतदान सकियो मतगरणा ८ बजे पछि

<span class='c1'>पत्रकार महासंघ मोरङ चुनाव : मतदान</span> <span class='c2'>सकियो मतगरणा ८ बजे पछि</span>

प्रेम देवान विराटनगर ७ फागुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाको १० औ अधिवेशनको मतदान सम्पन्न भएको छ । पत्रकार महासंघ मोरङ शाखाको नयाँ नेतृत्वको लागि आज शनिबार भएको मतदान सांझ अबेर सम्पन्न भएको हो । मतदान दिउँसो २ ः३० बजेदेखि शरु भई ६ बजे सम्म भएको थियो । १ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मकालु टिभीका सरस कट्टेल ३ मिनेट ढिलो आएको कारण मतदान बाट बन्चित भएका छन् । दुवै प्यानल अध्यक्षले कट्टेलले मतदान गर्न पाउने सहमति भए पनि मतदान अधिकृतले नमाने पछि मतदान दिनबाट बन्चित भएका हुन् । नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा ५९ जनाकालागि दुई प्यानलबाट १ सय ५ जनाको उम्मेदवारी दिएका थिए । प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलले बन्धु पोखरेलको नेतृत्वमा उमेद्वारी दिएका छ भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलले अन्नतराज नेउपानेको नेतृतवमा चुनावी मैदानमा उत्रेका छन् । १७ कार्य समितिमा ३५ जना , १४ खुल्ला केन्द्रिय पार्षद(सभासद) मा २९ जना , ४ महिला केन्द्रिय पार्षद(सभासद) मा ६ जना र २४ प्रदेश पार्षद(सभासद)मा ३५ जनाले उम्मेद्वारी दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्