पूर्वमा छुट्टा छुट्टै सवारी दुर्घटनामा १ को मृत्यु, ६ घाइते

पूर्वमा छुट्टा छुट्टै सवारी दुर्घटनामा १ को मृत्यु, ६ घाइते

विराटनगर, फाल्गुन ८ 

पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनमा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

सुनसरीः सुनसरीको इटहरी-५ मा पूर्वबाट पश्चिमतर्फ जदै गरेको ना ३ ख ४४८६ नम्बरको ट्रकसंग को २२ प ७६४६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सुनसरी बकलौरी-७ बस्ने अन्दाजी ५० बर्षिय घुरन चौधरीको मृत्यु भएको छ। बेलुका ९ बजे भएको उक्त दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको एपेक्स अस्पतल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो। उसंगै पछाडी सवार २८ बर्षिय अनिल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झापाः झापाको दमक-१४ मा को १० प ७५७९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री दमक ५ बस्ने अन्दाजी १९ बर्षिय योगेश भट्टराई घाइते भएका छन्। दुर्घटनामा स्कुटर चालक सोही ठाउँका सरोज भट्टराई र पछाडी सवार राकेश खत्री समेत घाइते भएकाले तीनैजनाको लाईफ लाईन हस्पिटल दमकमा उपचार भइरहेको छ।

मोरङः मोरङको कोशी-हरैचा नगरपलिका-१ स्थित भित्रि सडक खण्डमा को १६ प ९६५२ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालक कोशी-हरैचा-१ बस्ने सन्तोष गुरुङ र पछाडी सवार सोही ठाउँका मौसम राइ घाइते भएका छन्। घाइतेको न्युरो अस्पताल बिराटनगर र सुकुना सामुदायिक अस्पालमा उपचार भइरहेको छ। यता मोरङकै डाइनिया-९ स्थित भित्री सडक खण्डमा को २८ प ७८३९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६० बर्षिय मनिचन्द दास घाइते भएका छन्। उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिनेने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कर्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।

सप्तरीः सप्तरीको छिन्नामस्ता-२ स्थित सखडा राजबिराज सडक खण्डमा स ६ प ७५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुदा चालक कोचाबखरी-९ बस्ने अर्जुन कुमार मुखिया घाइते भएका छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्