बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागीबाट पुस्तकालय जलेर नष्ट

बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागीबाट पुस्तकालय जलेर नष्ट

झापा, फाल्गुन ७

झापाको मेचीनगर नगरपालिका ५ खुट्टेडाँगीमा शनिबार बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागी हुँदा एक पुस्तकालय जलेको छ।

स्थानीय दुई बालबालिकाहरुले कोरेर फ्याँकेको काँटीबाट रामप्रसाद बास्तोलाको परालको कुन्युमा आगो सल्कन गई नजिकै रहेको अदैत संस्था सतसङ मन्दिरको पुस्तकालय जलेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

आगलागीबाट पुस्तालयमा रहेका करिब ८० हजार बराबरको बिभिन्न पुस्तक तथा बास्तोलाको २० हजार बराबरको क्षति भएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट गएका प्रहरी र दमकल मिलेर आगलागी नियन्त्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्