काठमाडौं,फागुन ८ – विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने भएको छ । आईसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने जनाएको छ । आईसीसीका अनुसार पहिलो खेल फागुन २८ मा हुनेछ भने दोस्रो खेल फागुन ३० मा हुनेछ ।
केन्यासँग हुने खेलका लागि कप्तानमा पारस खड्काको नेतृत्वमा २४ जना खेलाडीले बन्द प्रशिक्षण गरिरहेका छन् ।