पत्रकार महासंघ मोरङमा पोखरेल निर्वाचित

<span class='c1'>पत्रकार महासंघ मोरङमा</span> <span class='c2'>पोखरेल निर्वाचित</span>

प्रेम देवान
मोरङ, ८ फागुन । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल विजयी भएका छन् ।
पोखरेल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी अन्नतराज न्यौपानेलाई पोखरेलले १८ मतको अन्तरले पराजित गरे । मत परिणाम अनुसार पोखरेलले ९५ र न्यौउपानेले ७७ मत प्राप्त गरे ।
उपाध्यक्षमा प्रेस यूनियन, संघीय प्रेस फोरम, मधेसी पत्रकार समाजलगायतको संयुक्त प्यानलका उम्मेद्वार कुमोद अधिकारी विजयी भए । उनले ८५ र प्रतिष्पर्धि नवराज कट्टेलले ८२ मत ल्याए । महिला उपाध्यक्षमा भने दुवै प्यानलका उम्मेद्वार इन्दिरा भट्टराई र सुशिला पाठकले ८३÷८३ मत ल्याउनु भएको छ । दुवैलाई कार्यकाल आधा आधा गरि जिम्मेवारी सुम्पिएको छ ।
यस्तै सचिवमा अर्जुन आचार्य (९५), खुल्ला सह–सचिवमा सन्तोष राई (८९), समावेशी सह–सचिवमा सत्यनारायण शर्मा (१०२), कोषाध्यक्षमा सन्तोष सिग्देल (१०२) विजयी भएका छन् ।
कार्यसमिति सदस्यहरुमा ज्योती चौहान (९१), प्रेम देवान (१११), नविनचन्द्र कर्ण (९१), किशोर विश्वकर्मा (९०), ध्रुव भट्टराई (१०१), हरि अधिकारी (१०५), कौशल निरौला (८९), सरोज बस्नेत (८६), श्रीमन्त भट्टराई (९४), सुमन घिमिरे (९२) विजयी भएका छन् । निर्वाचित खुला उपाध्यक्ष अधिकारी र सदस्य कौशल निरौलाबाहेक अन्य सबै पदाधिकारी पोखरेल प्यानलका हुन् ।
यस्तै केन्द्रीय सभाषद् (पार्षद)मा अजित तिवारी, विजय खतिवडा, विक्रम लुइटेल, विक्रम निरौला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलावल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, संजीव खनाल विजयी भएका छन् । यस्तै उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा, अर्जुन जम्नेली राई, विनु तिम्सिना, ललिता भट्टराई, शान्ति गौतम दाहाल, उमा थापा पोखरेल पनि केन्द्रीय प्रतिनिधिमा विजयी भए ।
यस्तै प्रदेश पार्षदमा अविजाल बिष्ट, वासु पौडेल, विजय धिमाल, विनोद प्रभात घिमिरे, ब्रहमदेव यादव, धनबहादुर बस्नेत, ध्रुव रिजाल, दिनेश सुब्बा (लिम्बु), केशर बहादुर चौहान, केशव प्रसाद भट्टराई, किशन शाही, किशोर बस्नेत, लोक बहादुर चौहान, माधव अधिकारी, मोहन भट्टराई, नेत्र पी. अधिकारी, प्रल्हाद गुरागाँई, पुष्पराज थपलिया, सुदिप कोइराला, सुमन सुस्केरा, सुरेश कार्की, सूर्य नारायण यादव, टेक प्रसाद अधिकारी (टेकेन्द्र) र यादव विष्ट विजयी भएका छन् ।
एक सय ८३ मतदाता रहेको पत्रकार महासंघ मोरङको अधिवेशनमा १ सय ७५ जनाले मतदान गरेका थिए । नयाँ कार्यसमिति तथा केन्द्रीय र प्रदेश प्रतिनिधिको ५९ जनाका लागि दुई प्यानलबाट एक सय ५ जनाको उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्