सप्तरीमा माइक्रो बस दुर्घटना, १६ यात्री घाइते

सप्तरीमा माइक्रो बस दुर्घटना, १६ यात्री घाइते

सप्तरी, फाल्गुन ९

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो बिहान ३ बजे जण्डोल-९ मा आफै अनियन्त्रित भई पल्टिएको हो।

घाइते हुनेमा सुनसरी सोनापुर-२ बस्ने बर्ष ३२ कि मधुदेवी साह, (गम्भिर), उनकी पति वर्ष ३५ को बिरेन्द्र साह (सामान्य), सुनसरी रामनगरभुटाहा-७ बस्ने बर्ष १९ को मोहमद नजिब (सामान्य), सोही ठाउँका वर्ष २० को मोहमद सुभान मियाँ (सामान्य), मोरङ केराबारी २ बस्ने बर्ष २५ को फडिन्द्र रोक्का (सामान्य), मोरङ रंगेली नगरपालिका ५ बस्ने बर्ष ३५ को रमेश कुमार साह दाहिने (मध्यम), मोरङ बेलबारी नगरपालिका ५ बस्ने बर्ष २३ को सन्दीप राई (सामान्य), झापा जलथला बस्ने बर्ष ३१ को रमेश रोईला (मध्यम), शनि-अर्जुन नगरपालिका ७ बस्ने बर्ष २० को भावना बर्तौला (मध्यम), सिन्धुली झारा २ बस्ने बर्ष २४ को तिर्थ अछामी (सामान्य), ईलाम नगरपालिका ८ बस्ने वर्ष २९ को जनक भट्टराई (सामान्य), धनकुटा नगरपालाक ४ बस्ने बर्ष २९ को दिप किरण बाग्ले (सामान्य), सिन्धुपाल्चोक फल्पीङकट्टी ८ बस्ने बर्ष २७ को प्रदीप खड्का (सामान्य), भारत कालेबुङ बस्ने बर्ष १६ की प्रिया सुब्बा (मध्यम), भारत कोलकता बस्ने बर्ष २८ को मोहम्मद रकन मियाँ (सामान्य)। ओखलढुङ्गा फुलबारी ५ बस्ने बर्ष ४० को एलहरी लुईटेल (सामान्य) रहेका छन।

घाइते दुई जनाको न्युरो अस्पताल विराटनगर तथा अन्यको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।

माइक्रो प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्