भारतीय नागरिक मृत फेला

<span class='c1'>भारतीय नागरिक</span> <span class='c2'>मृत फेला</span>

भीमदत्तनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १० नेपाल–भारत सीमा नजिक  एक भारतीय नागरिक मृत भेटिएका छन् ।

भारत उत्तर प्रदेशको पिलिभित घर भएका ५६ वर्षीय विजयकृष्ण हिरा मृत भेटिएका हुन् । उनी दोधारा–चाँदनीको बाबाथान बजारमा १५ वर्षदेखि स्वास्थ्य क्लिनिक सञ्चालन गरी बस्दै आएका थिए । शनिबार साँझ क्लिनिक बन्द गरेर घर हिँडेका हिरा आइतबार मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक नैनसिँह कार्कीले जानकारी दिए ।

शरीरमा निलडाम रहेकाले उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शव परिक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्