मेरिल्याण्ड कलेजमा महाबिर पुन संग युवाहरुको अन्तरक्रिया 

मेरिल्याण्ड कलेजमा महाबिर पुन संग युवाहरुको अन्तरक्रिया 

बिराटनगर फाल्गुन ९ ,

एसिया कै नोबल पुरस्कार भनेर चिनिएको म्यागेसेसे पुरस्कारबाट २००७ मा पुरस्कृत महाबिर पुनसंग युवाहरुको बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजका बिबिए पढिरहेका ८० भन्दा बढी बिद्यार्थीहरु संग पुनले आफ्नो राष्ट्रिय अविस्कार केन्द्र बनाउने अभियानको बारेमा अन्तरक्रिया गरेका थिए । युवाहरु विदेश पलायन भईरहेको अहिलेको अवस्थामा देशमा  राष्ट्रिय अविस्कार केन्द्रको स्थापना गर्न सकिए देशमा रोजगारी तथा देशको अर्थतन्त्रमा पनि सुधार हुने पुनले दाबीका साथ भने । उनि अहिले बिभिन ठाउमा राष्ट्रिय अविस्कार केन्द्र बनाउनका लागि सहयोगी हात खोज्ने अभियानमा लागेको र जनता बाटै यो अभियान सफल बनाउनेमा उनि ढुक्क रहेको पनि बिद्यार्थीमाझ उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्