विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त

विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त

सुनसरी। एपेन्डिसको अप्रेशन गरेको विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त बनेको छ । मृतकका परिवार र आफन्तले विरोध गर्दै तोडफोड गरेपछि विजयपुर अस्पताल तनावग्रस्त बनेको हो ।

सोमबार साँझ धरान –१७ का ३० वर्षीय अमीत जोशीको एपेन्डिसको अप्रेशन गरिएको थियो । अप्रेशनपछि चिकित्सकहरुले परिवारलाई अप्रेशन सफल भएको जानकारी दिएका थिए । त्यसको केही घण्टा पनि नबित्दै बिरामी जोशीको मृत्यु भएपछि परिवार आक्रोशित भएका हुन् । जोशीको मृत्यु भएपछि परिवारलाई जानकारी नगराई अस्पताल प्रशासनले पहिला प्रहरी बोलाएको र प्रहरी साथमा राखेर मृत्युको घोषणा गरेको परिवारको आरोप छ ।

सोमबार एक्कासी पेट दुखेपछि जोशी आफैले मोटरसाइकल चलाएर बिजयपुर अस्पताल पुगेका थिए । साँझ उनको अप्रेशन डा. रोशन खतिवडाको टिमले गरेको थियो । परिवारहरुले दोषी चिकित्सकलाई कारवाही हुनुपर्ने भन्दै अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन् ।

न्युज २४ बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्