सबै सौन्दर्य प्रतियोगिता अायाेजक खराब नहुने अाायाेजककाे जिकिर

<span class='c1'>सबै सौन्दर्य प्रतियोगिता अायाेजक</span> <span class='c2'>खराब नहुने अाायाेजककाे जिकिर</span>

केहिदिन अघि मात्रै सम्पन्न भएको मिस कोशी नेपाल २०१७ मा आयोजकले पैसा मागेर बिजेता बनाउने प्रस्ताव प्रतियोगिलाई राखेको बिषयले पुर्वाञ्चल मै ठुलो हड्कम मचायो । साधारण जनताहरुले सोसियल मिडियामा सौन्दर्य प्रतियोगिताहरु माथि नै प्रश्न उठाउन थालेपछि अन्य सौन्दर्य प्रतियोगिता गराउने आयोजकहरुमा पनि खलबली भएको छ ।

यसैक्रममा बिराटनगरमा पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स गराउने क्रममा रहेको आयोजक समुहले प्रेस बिज्ञप्ती नै निकालेर सबै सौर्न्दर्य प्रतियोगिताहरुमा पैसाको चलखेल नहुने र एउटा आयोजकको बदमासीले सबैलाई उस्तै नसोचिदिन अाग्रह गरेको छ ।
एड होम एड्भर्टाईजिङद्वारा २०७१ साल देखि संचालन हुदै आएको पुर्वाञ्चल कलेज प्रिन्सेस र २०७३ बाट शुरु गरिएको पुर्वाञ्चल कलेज प्रिन्सका आयोजकले बिज्ञप्तिमा यदि कुनै आयोजकबाट बदमासी भएको भए प्रशासनलाई खोजबिन गरेर कडा कार्वाही गर्न समेत आग्रह गरेको छ ।

कुनै एक व्यक्ति वा संस्थाको नकारात्मक क्रियाकलापहरुले समाजमा सकारात्मक र निष्पक्ष तरिकाले काम गरिरहेका आयोजकहरुलाई हतोत्साहित गराउने भएकाले सम्पुर्ण पत्रकार, स्थानिय प्रहरी, प्रशासन, र स्थानिय निकाय संग पनि चाडो भन्दा चाडो सत्य तथ्य बाहिर ल्याईदिनु हुन अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्