अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप सुरु

अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप सुरु

विराटनगर | विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा  अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप हिजो शनिबारको खेलमा सगरमाथा, ज्ञानोदय, अर्पण,मोर्डन एरा र समता विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा सगरमाथा बोर्डिङ स्कूलले दिल्लि पब्लिक स्कूललाई ७–१ गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । सगरमाथाका दिपशा राईले २ गोल तथा म्यान अफ द म्याच पंकज लेखी, आषिश चौधरी, रोजन राई, अनिल खतिवडा र राजु चौधरीले १–१ गोल गरे भने दिल्लि पब्लिकका शुभम राजवंशीले १ गोल फर्काएका थिए ।

दोस्रो खेलमा ज्ञानोदय बोर्डिङ स्कूलले पोखरीया स्कूललाई १–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णायक गोल ज्ञानोदयका निराजन भट्टराईले गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा अर्पण र्बोिङ स्कूलले विनायक सेकेन्डेरी स्कूललाईलाई ४–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्पणका म्यान अफ द म्याच डार्विन पोखरेलले २ गोल तथा निकेश कार्की र सुजन खडकाले १–१ गोल गरेका थिए ।

चौथो खेलमा मोर्डन एरा स्कूलले एजेलिया बोर्डिङ स्कूललाई ४–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । मोर्डन एराका म्यान अफ द म्याच सुदिप माझीले २ गोल तथा  प्रदिप अधिकारी र समिर क्षेत्रिले १–१ गोल गरेका थिए ।

पाचौ खेलमा समता निकेतन स्कूलले सप्तकोशी बोर्डिङ स्कूललाई पेनाल्टि सुट आउटमा ५–३ को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित  समयमा देवै टिमले गोल रहित बराबरीमा खेले पछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । खेलको म्यान अफ द म्याच समताका कृष्ण मण्डल घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्