झापामा बस पल्टिदा १३ घाईते

झापामा बस पल्टिदा १३ घाईते

झापा, फाल्गुन १५

झापा शिवसतासी नगरपालिका-८ पूर्व पश्चिम राजमार्ग अन्तर्गत भालुखोलास्थित यात्रु बाहक बस पल्टिदा बसमा सवार तेह्र यात्रु घाईते भएका छन्।

घाईते हुनेहरुमा बिर्तामोड नगरपालिका १ बस्ने गंगादेवी बाराकोटी, जिल्ला बैतडी बस्ने असोक चन्द, काठमाण्डौ माछा पोखरी बस्ने कल्पना सम्साल, जिल्ला रामेछाप बस्ने लक्ष्मी सुनुवार, जिल्ला बाग्लुङ बस्ने बुद्द परियार (महिला), सुनसरी धरान १५ बस्ने अमृत राई, ताप्लेजुङ नगरपालिका ७ बस्ने सुवर्ण लिम्बु, मोरङ गोबिन्दपुर बस्ने हलवा कुमारी ताजपुरिया (महिला), इलाम चुलाचुली १ बस्ने बुद्ध कुमारी लिम्बु (महिला), सुनसरी धरान ९ बस्ने रुप नारायण दाहाल, ताप्लेजुङ तिरिङगे ७ बस्ने मेलन रिजम, सुनसरी इटहरी बस्ने दिपेन्द्र दास र संखुवासभा मुलखर्क ५ बस्ने मदन ठटाल रहेका छन्।

घाईतेहरु सबैको अबस्था सामान्य रहेको छ। धरानबाट बिहान काकडभिट्टाकोलागी छुटेको को १ ख ३६३५ नम्बरको कान्तिपुर डिलक्सको बस आंफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

घाईतेहरु मध्ये धरानका रुपनारायण दाहाल र दिपेन्द्र दास उपचार पछी घर फर्केका छन्। अन्य घाईतेहरुको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

उक्त बस र चालक झापा पाँचगाछी ५ बस्ने राम कुमार लिम्बु नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्