के होला त भोलि बिराटनगरका कलेजमा स्ववियु चुनाव?

के होला त भोलि बिराटनगरका कलेजमा स्ववियु चुनाव?

बिराटनगर फाल्गुन १७ ,

त्रिभुवन विश्वविद्यालयले फाल्गुन १८ गतेका लागि स्ववियु चुनावको मिति घोषणा गरेको छ । चुनाव हुन एक दिन मात्रै बाकी हुदा समेत विराटनगर लगायत मोरङका कलेजमा चुनाव हुने/नहुने अनिश्चित छ । बिराटनगरका महेन्द्र मोरङ कलेज , स्नातकोत्तर कलेज र नर्सिङ कलेज बिराटनगरमा मधेसी विद्यार्थीहरुले फाल्गुन ११ गतेदेखि तालाबन्दी गरेका छन् । यस्तो अवस्था हेर्दा भोलि ( फाल्गुन १८) गते चुनाव हुने सम्भावना ज्यादै कम रहेको छ । विभिन्न कारण २०६५ सालबाट हुन नसकेको स्ववियु चुनाव यस वर्ष गरिने भनिएपनि विद्यार्थी संगठन कै कारण नहुने स्थितिमा पुगेको छ । लामो समय चुनाव नहुदा विभिन्न कलेजमा उमेदवार खोज्न पनि विद्यार्थी संगठनलाई हम्मेहम्मे परेको थियो । विभिन्न कारण देखाएर चुनाव बिथोल्दा स्वयम विद्यार्थी संगठनलाई नै घाटा हुने भएपनि कसैले चुनाव गराउन चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्