सानोठिमी क्याम्पसमा अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले आगजनी गरे

<span class='c1'>सानोठिमी क्याम्पसमा अनेरास्ववियु र विप्लव</span> <span class='c2'>निकट क्रान्तिकारीले आगजनी गरे</span>

काठमाडौं । भक्तपुरस्थित सानोठिमी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीको संयुक्त गठबन्धनले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा नै आगजनी गरेका छन्।

अखिल (क्रान्तिकारी) र नेविसंघको संयुक्त प्यानलले जित्ने सुनिश्चित देखिएकाले चुनाव रोक्ने मनसायले अनेरास्ववियु र विप्लव समुहले आगजनी गरेको बताइएको छ ।

सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का रमेश खड्काको नेतृत्वमा नेविसंघसहितको संयुक्त प्यानल दर्ता भएको छ ।

क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएतापनि निर्वाचनसंग सम्वन्धित सबै कागजात सुरक्षित रहेकाले फागुन १८ गते हुने चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्