व्याकुल माइलालाई ‘करियर स्रस्टा सम्मान’ प्रदान

<span class='c1'>व्याकुल माइलालाई ‘करियर</span> <span class='c2'>स्रस्टा सम्मान’ प्रदान</span>

काठमाण्डौ। राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशन एकेडेमीद्धारा स्थापित करियर स्रस्टा सम्मान २०७३ प्रदान गरिएको छ ।

नगद २१ हजार १११ रुपैयाँ राशी र ताम्रपत्र सहितको सो सम्मान विद्यालयका संस्थापक अध्यक्ष तेजनारायण श्रेष्ठले विद्यालयको नवौं वार्षिकोत्सवका अवसरमा सोमबार नेपाली सेनाको आर्मी अफिसर्स क्लवमा आयोजित विशेष कार्यक्रममा व्याकुल माइलालाई प्रदान गरे ।
विभिन्न जातजाति, धर्म, संस्कृतिमा रहेका नेपालीहरुलाई राष्ट्रिय गान मार्फत एकवद्ध बनाउन महत्वपूर्ण योगदान गरेवापत व्याकुल माइलालाई सो सम्मान प्रदान गरिएको हो ।

समाजमा उल्लेखनीय योगदान गर्ने विशिष्ट व्यक्तिलाई प्रदान गरिने गरि विद्यालयले यसैवर्ष करियर स्रष्टा सम्मान स्थापना गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, संघीय मामिला तथा स्थानीयविकास मन्त्रालयका सहसचिव इश्वर पौडेल विद्यालयका प्रिन्सिपल हेम राई, शैक्षिक विभाग प्रमुख विनोद मगर लगायतले विद्यालयले शिक्षा क्षेत्रमा पुयाएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्