नेपाली क्रिकेट बिकास गर्न मोरङमा पनि एकजुट भए युवा

<span class='c1'>नेपाली क्रिकेट बिकास गर्न मोरङमा</span> <span class='c2'>पनि एकजुट भए युवा</span>

बिराटनगर, फागुन १७

नेपाली क्रिकेट समर्थक समाज ‍(एनसिएसएस)  जिल्ला समन्वय समिति मोरङको आधिकारिक घोषणा गरिएको छ। मोरङको बेलबारीस्थित बेतना सिमसारमा भएको मोरङ जिल्लाका नेपाली क्रीकेट समर्थकहरुको भेलाले बिबेक कुइकेलको संयोजकत्वमा ११ सदस्यीय मोरङ जिल्ला समन्वय समिती गठन गरेको हो।

यसैगरी सुनिल खनाल लाई सहसंयोजकको जिम्मेवारी तोकिएको समन्वय समितिका सदस्यहरुमा बिबेक दाहाल, रुद्र लामिछाने,एकराज भट्टराइ,सैलेश रेग्मी, इश्वर रेग्मी ,दिलिप अधिकारी , किरण देवान हेमन्त ओझा र कृष्ण पोखरेल रहेका छन यसैगरी केन्द्रीय समितिले सन्स्थापक सदस्य खिलाराज नेपाल लाई मोरङ सल्लाहकारको रुपमा सिफारिस गरेको छ।

समन्वय समिति गठन पश्चात मोरङ जिल्ला भित्रका सबै समर्थकहरुलाइ एनसिएसएस मार्फत एकताबद्द बनाउदै आगामी दिनमा स्थानीय स्तरका खेलहरुमा सहभागिता तथा सहकार्य गराउने समाजको योजना रहेको समाजले जनाएको छ ।

ल्ला खेलकुद परिषद तथा मोरङ क्रिकेट संघ तथा स्थानीय क्रीकेट क्लबहरुसँग समन्वय गर्दै क्रिकेट कल्चरको बिकास तथा ओझेलमा परेका प्रतिभाहरुलाई बाहिर ल्याउन आफ्नो ठाँउबाट योगदानको साथै सरोकारवालाको ध्यानाकर्षण गराउदै जाने योजना रहेको संयोजक बिबेक कुइकेल बताउछन।

यसैगरी मोरङ जिल्ला समन्वय समितिको आधिकारिक घोषणा गर्दै नेपाली क्रिकेट समर्थक समाजका केन्द्रीय अध्यक्ष भानु सिग्देलले नेपाली क्रिकेट समर्थकहरुलाई एकत्रित गर्ने उदेश्यका साथमा समाजको विस्तार भएको बताए ।

स्थानीय र राष्ट्रिय स्तरमा क्रिकेटलाई अघी बढाउने र नेपाली क्रिकेट समर्थकहरुको साझा संस्थाको रुपमा आफुलाई स्थापित गर्दै लैजाने उदेश्यले समाज गठन भएको समेत जानकारी दिए ।

-देशको न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्