विजय धिमाल
राजघाट १७ फागुन
झापाको बिर्तामोड स्थित श्री धिमाल जातीय विकास केन्द्रको ५ औँ राष्ट्रिय महादिधिवेशनबाट तेजबहादुर धिमालको अध्यक्षतामा ५५ सदस्य केन्द्रिय समिति कष्ठकर ढङगबाट फागुन १६ गते सर्वसम्मत चुनिएको छ । पद बाँडफाडमा निकै लामो समयसम्म छलफल पश्चात केन्द्रिय समिति चयन भएको हो । समितिमा अध्यक्ष एक, सह अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष चार, महासचिव एक, सहसचिव चार, कोषाध्यक्ष एक, विभागिय प्रमुख दस र सदस्यहरु बिस, आठ भातृसंगठनका अध्यक्ष पदेन सदस्य र चार मनोनितगरी जम्मा ५५ जनाको केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन भएको हो । त्यसतै सह अध्यक्ष मनोनित, बरिष्ठ उपाध्यक्ष गणेशमान, वर्तबहादुर, विष्णु र नगेन्द्र धिमाल, महासचिव केदार धिमाल, सचिव कबिराज(क), रत्नबहादुर, कविराज(ख) र एक मनोनित, कोषध्यक्ष मनोनित, विभागिय प्रमुख कुलबहादुर, मोहन कुमार, गंगाराज, प्रथम, बुद्धिलाल, कृष्णबहादुर धिमाल र सदस्यहरुमा रामप्रसाद, रत्निमाया, लालबहादुर, प्रतिमान, जितेन्द्र, खगेन्द्रराज, राम, पदम, शान्तिदेवि, प्रतापलाल, गंगामाया, अर्जुन, खडकबहादुर, गोवेन र रुकमणि धिमाल संगै चार मनोनित सदस्य संगै आठ भातृसंगठनका अध्यक्षहरु तिलक, श्रीप्रसाद, मिना, हरी, शंखर, जयबहादुर र विजय धिमाल पदेन सदस्य रहेकाछन । जतिपनि खाली रहेको पदहरु पहिलो बैठकबाट सुनिश्चित गरिने अध्यक्ष तेजबहादुर धिमालले जानकारी गराए । फागुन १४ गते पहिलो दिन बृहत ¥यालीगर्दै प्रमुख अतिथि सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकीद्वारा महादीवेशन उद्घाटन गर्दै श्री धिमाल जातीय विकास केन्द्रका अध्यक्ष नगेन्द्र बहादुर धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।