खाजा खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

खाजा खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

ईडेन नेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले अाफ्नाे खाजा खर्च कटाएर वृद्धा अाश्रममा सहयाेग गरेका छन् । उक्त स्कुलका कक्षा ६ मा पढ्ने विद्यार्थीहरूले विराटनगरकाे पुष्पलालचोकस्थित महिला जागृती तथा वृद्धाश्रमलाई खाद्यान्न सहयाेग गरेका हुन । उनीहरूले खाजा खर्चबापत जम्मा भएकाे रकमबाट १० किलो आटा, ५ किलो दाल, ५ किलो चिनि, १ काटुन चाउचाउ, ३ किलो स्याउ, २ किलो अंगुर , ३ लिटर तेल र ५ प्याकेट ब्रेड सहयाेग गरेका हुन् । उक्त सहयाेग संस्थाकी अध्यक्ष भुवनेश्वरी आचार्यलाई स्वरुप हस्तान्तरण गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्