बिराटनगर फाल्गुन १७ ,
बिगत केहि दिन देखि पुर्वान्चलमा पेट्रोलियम पदार्थको अभाव भएपछी नेकपा माओवादी केन्द्रले आज जिल्ला प्रसासन मोरगमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रले पेट्रोलियम पदार्थको सहज आपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएको केन्द्रकी बिराटनगर संयोजक नमिता न्यौपानेले बताउनुभयो । केहि दिन यता बिराटनगरमा पनि पेट्रोलको अभाब रहिआएको छ । पेट्रोलियम पदार्थको अभाव भएपछी अहिले कालोबजारी पनि बढ्न थालेको छ ।