बिराटनगरमा “सावधान नेपाल” निर्माण हुदै

बिराटनगरमा “सावधान नेपाल” निर्माण हुदै

बिराटनगर फाल्गुन १८ ,

काजला दरवार फिल्मस् को ब्यानरमा विराटनगरमा पनि "सावधान नेपाल" टेलिचलचित्र निर्माण हुन लागेको छ । भारतीय टेलिभिजनमा "सावधान इन्डिया" सिरियल निकै लोकप्रिय रहेको छ । सन्तोष सरकारको निर्देशन तथा एस.के साहनीको लगानीमा उक्त सिरियल बन्न लागेको हो । सत्य घटनाका आधारमा सिरियलका कथाहरु लेखिएको निर्माता साहनीले आवर बिराटनगरलाई बताए । उनले यस अघि विभिन्न एल्बम तथा म्युजिक भिडियो उत्पादन गरिसकेका छन् । सिरियलको छायांकन विराटनगर लगायत पुर्वका विभिन्न ठाउँमा गरिने पनि सहानीले जानकारी दिए । हाल कलाकारको खोजी भइरहेको र आगामी फाल्गुन २१ गते अडिसन राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्