पेट्रोल कालो बजारी गर्ने पक्राउ

पेट्रोल कालो बजारी गर्ने पक्राउ

सप्तरी, फाल्गुन १७

सप्तरीमा प्रहरीले पेट्रोलियम पदार्थ कालोबजारी गर्ने एक किराना व्यवसायीलाई मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी देउरीभरुवा गाविस ४ बस्ने लक्ष्मी यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यादवलाई आफ्नो किराना पसलमा बजार भन्दा बढी मूल्यमा पेट्रोल बिक्रि बितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

उनको पसलबाट ४५ लिटर पेट्रोल र ४ लिटर डिजलसमेत बरामद भएकोले यादवलाई कालोबजारी मुद्दा शिर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्