बिराटनगरका युवाले ल्याए जुत्ताबजार !!

<span class='c1'>बिराटनगरका युवाले ल्याए</span> <span class='c2'>जुत्ताबजार !!</span>

बिराटनगर फाल्गुन १८ ,

अनलाइन बिजनेसको क्रेज भारत लगायत बिभिन्न देशमा निक्कै प्रचलित छ । नेपालमा पनि विशेषगरी काठमान्डौमा चलेको अनलाइन सपिङ्ग कन्सेप्ट अहिले पुर्वमा पनि लोकप्रिय हुदै गएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गरी पूर्वका ५ युवाहरु मिलेर अहिले "जुत्ताबजार डट कम" सुरु गरेका छन् । "जुत्ताबजार" मा जेन्स तथा लेडिजका जुत्ता चप्पलहरु राखिएको छ । मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट कोर्समा चौथो बर्षमा पढिरहेका सुशान्त निरौला , सुजन लुइँटेल , निरज लाम्घड़े र सुमन शाह सहित हिमालय दर्शन कलेजमा सीएआइटी पढिरहेका निक्सन सिवाकोटीले उक्त साईट तयार पारेका हुन्  । जुत्ताबजार सुरु गर्ने सोच कहाँबाट आयो भन्ने हाम्रो प्रश्नमा सुशान्त भन्छन " एक दिन हामी सबै केहि नयाँ काम सुरु गरौ भन्ने कुरामा , सबैको सहमतिले अनलाइन बिजनेस गरौ भन्ने सोच आएर जुत्ताबजार सुरु गरेका हौ" ।

हाल बिराटनगरमा केन्द्रीय अफिस राखेर काम गरिरहेको जुत्ताबजारले पुर्वान्चल भरी डिलेभरी गर्ने गरेको निरौलाले बताए ।घर बसीबसी आफुले चाहेको जुत्ता सस्तो मुल्यमा जुत्ताबजार बाट पाइने उनको दाबी छ ।

भर्खरै कलेज पढिरहेका युवाहरुको साइटमा अहिले १० दिन नहुदै ४०-५० जोर जुत्ता बेचिसकेको र सबैबाट राम्रो प्रतिक्रिया आएको अर्का युवा सुजन बताउछन । केहि नयाँ र आफुले पढिरहेको कुरालाई प्रयोग गरौ भन्ने सोचले नै जुत्ताबजार सुरु भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्