विराटनगर फाल्गुन १८ , यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ।
को ४ प २४९८ नं.को मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ४९०९ नंको यात्रुवाहक बसले ठक्कर दिएको थियो।
घाइते उनलाई उपचारका लागि न्युरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बससहित चालक प्रहरीको नियन्त्रणमा छन् । रासस