इन्धन वितरण सहज गर्न नसकेको भन्दै आयल निगम बिराटनगरका प्रमुख केन्द्रमा तानिए

<span class='c1'>इन्धन वितरण सहज गर्न नसकेको भन्दै</span> <span class='c2'>आयल निगम बिराटनगरका प्रमुख केन्द्रमा तानिए</span>

विराटनगर  फागुन १९ । नेपाल आयल निगम केन्द्रीय कार्यालयले विराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुखसहितको टीम परिवर्तन गरिएको छ ।  आयल निगमको क्षेत्रीय कार्यालयबाट प्रर्याप्त मात्रामा इन्धन वितरण भए पनि बजारमा आपूर्ती सहज असफल भएको भन्दै क्षेत्रीय प्रमुख दिनेश यादवलाई कारबाहीस्वरुप केन्द्रमा तानिएको हो । यादवलाई केन्द्रीय कार्यालयको आन्तिरिक शाखामा सारिएको छ ।

 

केन्द्रीय कार्यालयलेे यादवको स्थानमा भानुभक्त खनाललाई पठाउने निर्णय गरेको छ । खनाल रक्सौल अमलेखगञ्ज पाइपलाइन प्रोजेक्ट प्रमुखका रुपमा रहेका थिए ।

नेपाल आयल निगमको केन्द्रीय कार्यालय स्रोतका अनुसार केन्द्रबाट चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि विराटनगर कार्यालयमा पठाउने निर्णय भएको छ ।
झापाको चारआलीस्थित नेपाल आयल निगमका शाखा कार्यालय प्रमुख वासु भण्डारी पनि विराटनगर कार्यालयमा सरुवा भएका छन् । विराटनगर घर भएका भण्डारी केही महिनाअघि मात्र विराटनगर कार्यालयवाट सरुवा भएर चारआली गएका थिए ।

केही दिनयता पूर्वी नेपालका सहरमा इन्धनको कृत्रिम अभाव भएको छ । इन्धनको चरम अभाव भएपछि सहज नभएसम्म स्थानीय प्रशासनले बुधबारदेखि पेट्रोल पम्पलाई बिहान ८ वजेदेखि साझ ७ वजेसम्म मात्र इन्धन बिक्री गर्न पाइने नियम वनाएको थियो । त्यसैगरी पम्पहरुले ड्रम र वोतलमा खुल्ला इन्धन बिक्री गर्न समेत वन्देज लगाएको थियो ।

अनलाइन खबरमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्