अादिवासी जनजाती प्रतिष्ठान खारेज गरे देशभर अान्दाेलन गर्ने चेतावनी

अादिवासी जनजाती प्रतिष्ठान खारेज गरे देशभर अान्दाेलन गर्ने चेतावनी

अादिवासी जनजातीकाे लागि भनेर बनाइएकाे एकमात्र सरकारी निकायकाे रूपमा रहेकाे अादिवासी जनजाती उत्थान प्रतिष्ठानलाइ खारेज गरे देशभरीका अादिवासी समुदाय अान्दाेलनमा उत्रने चेतावनी दिएका छन् । उक्त प्रतिष्ठान खारेजीकाे प्रक्रिया सरकारले सुरू गरेकाे भन्दै विहिबार माेरगंका प्रमुख जिल्ला अधिकारी याेज्ञराज काेइराला मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाउदै अादिवासी जनजाती महासंघका माेरगं अध्यक्ष मिलन कुमार राइले यस्ताे चेतावनी दिएका हुन् ।
बुझाइएकाे ज्ञापनपत्रमा अादिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानकाे खारेजी प्रक्रिया तत्काल राेकिनु पर्नेसँगै अादिवासीसँग सरकारले हालसम्म गरेकाे विभिन्न सम्झाैताहरू कानुनीरूपमा सुनिस्चत गराउनु पर्ने लगायतकेा माग राखेका छन् ।
अाफ्नाे मागहरू समयमा पुरा नभए चरणबद्ध अान्दाेलन सुरू गर्ने उनीहरूले बताएकाे खबर अाजकाे जनविद्राेह दैनिकमा प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्