हरैंचा एक्स्पाेमा पनि हेलिटुर हुने

हरैंचा एक्स्पाेमा पनि हेलिटुर हुने

विराटचाैकमा हुन लागेकाे काेशी हरैंचा एक्स्पाे २०७३ मा पनि विराट एक्स्पाेमा जस्तै हेलिटुर हुने भएकाेछ ।  साे अवसरमा विराटनगरकाे हाेटल एशियाटिकलेएशियाटिक हेलिसिटि टुर अायाेजना गर्न लागेकाे हाे ।

भर्खरै सकिएकाे विराट एक्स्पाेमा सञ्चालन गरिएकाे हेलिटुर सफल भएकाे भन्दै विराटचाैकमा पनि उस्तै टुर अायाेजना हुने भएकाे अायाेजकले बताएका छन् । फागुन २७ देखि ७ दिनसम्म चल्ने  हेलिटुर गर्नका लागि प्रतिव्यक्ति ७ हजार ५ सय रूपैंया लाग्ने बताइएकाे छ । हाेटल एशियाटिकका प्रबन्ध संचालक पुण्य भट्टराइले हेलिटुरका लागि हालसम्म ४५ वटा फ्लाइट बुक भइसकेकाे जानकारी दिएकाे अाजकाे जनविद्राेह दैनिकमा छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्