डिजिटल मिडियाकाे प्रभावकारिता बढाउने उद्देश्य सहित विराटनगरमा बिहिबार छलफल गरिएकाे छ । कार्यक्रममा विश्व बैंकमा कार्यरत रविकुमार नेपालले डिजिटल मिडियाकाे महत्व बारे जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघ माेरगंकाे सभाहलमा भएकाे कार्यक्रममा प्रबिधिकाे विकाससँगै अामसञ्चारकाे माध्यमकाे प्रवृत्ती र पत्रकारीता क्षेत्रले समेत फड्काे मारेकाे छलफलमा जानकारी गराइएकाे उद्घाेष दैनिकमा समाचार छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ माेरङका अध्यक्ष बन्धु पाेखरेल सहित सञ्चारकर्मी र सुचनाप्रविधि अध्ययनरत विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।