सासंदहरुद्वारा राजविराज विमानस्थलको निरीक्षण

<span class='c1'>सासंदहरुद्वारा राजविराज</span> <span class='c2'>विमानस्थलको निरीक्षण</span>

सप्तरी । लामो समयपछि निर्माण कार्य सुरु भएको राजविराज विमानस्थलको व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोलीले आज स्थलगत निरीक्षण गरेको छ ।

समितिका सभापति एवम् सभासद प्रभू शाहको नेतृत्वमा आएको टोलीले सप्तरीको रञ्जितपुरस्थित राजविराज विमानस्थलको अनुगमन एवम निरीक्षणपश्चात विमानस्थलको निर्माण र सञ्चालनबारे आवश्यक जानकारीसमेत लियो ।

सो अवसरमा विमानस्थल निर्माण कार्यका प्रमुख रामएकबाल महतोले असारभित्रै जहाज उड्न÷अवतरण गर्नसक्ने बिमानस्थल बनाइने कार्य तीव्रगतिमा भइरहेको जानकारी दिए । उनले विमानस्थलको एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा रनवे निर्माण कार्य भइरहेको बताए । यो विमानस्थल विराटनगर जस्तै रहनेछ ।
रु ३० करोड ३० लाख मा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै उहाँले विमानस्थललाई सुचारु गराउनका निम्ति बजेटको कुनै अभाव नरहेको उल्लेख गरे ।

समितिका सभापति एवम् सांसद साहले विमानस्थलको प्रतिवेदनसमेत सुनाउँदै आफ्नो नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको तथा त्यहाँ निर्माणमा बजेटको कुनै अभाव हुन नदिने बताए । सगरमाथा अञ्चलको सदरमुकाम भएपनि राजविराजबाट जहाज नउड्नु बिडम्बना भएको बताउँदै आगामी वर्षदेखि यस विमानस्थलबाट जहाज उड्ने उहाँले दाबी गरे ।

कार्यक्रममा समितिका सदस्य एवम् सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जीतेन्द्रनारायण देवसहित अधिकांश सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफुहरुबाट सक्दो सहयोग गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्