विराटनगरमा अल नेपाल ओपन स्नुकर टुर्नामेन्ट सुरु

<span class='c1'>विराटनगरमा अल नेपाल ओपन</span> <span class='c2'>स्नुकर टुर्नामेन्ट सुरु</span>

प्रेम देवान

विराटनगर २० फागुन । विराटनगरमा पहिलो पटक अल नेपाल ओपन स्नुकर टुर्नामेन्ट सुरु भएको छ । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा आज देखी सुरु भएको हो । एक हप्ता सम्म जारी रहने स्नुकर खेलका लागी नेपाल र भारतका चर्चित खेलाडीहरुको सहभागिता रहेका छन् । उत्त खेलमा नेपाल र भारत गरी ६५ जना खेलाडीको सहभागीता रहेको छ ।
स्नुकर खेलमा प्रथम हुने खेलाडीलाई नगद ८१ हजार दोस्रो हुने व्याक्तिलाई ४१ हजार तृतिय हुनेलाई २१ हजार दिने भएको छ भने हाईस्ट ब्रेक गर्ने खेलाडीलाई १५ हजार पुस्कार प्रदान गरिने भएको छ ।
विराटनगरलाई पनि स्नुकर खेललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचीत गराउने उदस्यले यस किसीमको खेल आयोजना गरिएको खेल संयोजक संजीव तामाङले जानकारी दिए । स्नुकर खेलको फाईनल आगामी २८ गते सम्पन्न हुने आयोजनकले जनाएको छ । उद्घाटन खेलमा आज १० वटा टिमले सहभागी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्