पूर्वाञ्चल विश्वविद्यालयको आठौं दिक्षान्त समारोह सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालयको आठौं दिक्षान्त समारोह सम्पन्न

बिनु तिम्सिना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई आर्थिक समृद्धीको वाटोमा हाक्ने जिम्मेवारी अब शिक्षित युवापुस्ताको काधमा आएको वताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरस्थित पुसेट कलेजमा आयोजना गरेको आठौं दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाले देशलाइ सही दिशामा हाक्न बौद्धिक युवा जनशक्तिको खाँचो रहेको औल्याउनुभयो । प्रधानमन्त्री दाहालले इतिहास रातरात परिवर्तन नहुने भन्दै देश बनाउँन छाडेर शिक्षित युवापुस्ता विदेश पलायन हुनु मुलुकका लागिपनि नोक्सानी भएको वताउनुभयो । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल भएपनि नेपाल सरकारवाट प्राप्त हुने वजेट सिमितताको चुनैतीलाई अवसरका रुपमा लिएर दक्ष जनशतिm उत्पादन गर्ने कारखनाको रुपमा वदल्न आग्रह समेत गर्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आगिंक र एक सय ४९ वटा सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत्त ८ हजार ७ सय ६४ जना विद्यार्थीहरु आज दीक्षित भए । विश्वविद्यालयका कुलपति समेत रहनुभएका पुष्पकमल दाहालले कला, शिक्षाशास्त्र, कानुन संकाय, व्यवस्थापन संकाय, चिकित्साशास्त्र संकाय, विज्ञान तथा प्रविधी संकायमा अध्ययनरत स्नातकोत्तर र स्नातक तहका विद्यार्थीलाई दीक्षित गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्