बिराटनगर फाल्गुन २५, विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियमविपरीत संरचना निर्माण गरिएको भन्दै स्थानीयले चरम आपत्ति जनाएका छन् । भारतीय पक्षले विराटनगर-२२ को दशगजा क्षेत्रस्थित भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडि संरचना निर्माण गर्न थालेको छ । सो ठाउँमा हाल २२ बाइ २० फिटको पक्की संरचना निर्माण भइरहेको छ । स्थानीयले दशगजा क्षेत्रमा नियमविपरीत निर्माण गरिनु सकारात्मक नभएको बताएकाे अाजकाे जनबिद्राेह दैनिकले समाचार लेखेकाे छ ।