सप्तरी घटनामा मृतकलाई १० लाख, घाइतेको नि:शुल्क उपचार

<span class='c1'>सप्तरी घटनामा मृतकलाई १०</span> <span class='c2'>लाख, घाइतेको नि:शुल्क उपचार</span>

काठमाडाैं, फागुन २६

सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।

यस्तै बैठकले सप्तरी घटनामा घाइते भएका सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । मृतकका परिवारलाई दिइने राहत र घाइतेको उपचार खर्च तत्काल निकासा गर्न बैठकले अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

सोमबार सप्तरीको राजविराजमा भएको नेकपा एमालेको सभा विथोल्न पुगेकाहरुमाथि प्रहरीले गोली चलाउँदा चार जनाको ज्यान गएको थियो । बैठकले घटनाबारे छानबिन गर्न १५ दिनको समय दिएर जाँचबुझ समिति बनाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्